सोमबार, जेठ ६, २०८२

१४औं महाधिवेशनमा पार्टी सभापतिमा मेराे दाबी कायमै छ : सिंह

नेपालखोज २०७८ मंसिर २३ गते १२:५१

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औं महाधिवेशनमा पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताएका छन् । काठमाडौंमा बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताएका हुन् ।

उनले पार्टीलाई विधिसम्मत्, नियमसम्मत र संस्थागत रुपमा सञ्चालन गरी साँचो अर्थमा प्रजातान्त्रिक पार्टी बनाउनका लागि आफू सभापतिको उम्मेद्वार बन्न लागेको बताए । आफ्नो उम्मेद्वारीको सम्बन्धमा परामर्श भइरहेको उल्लेख गर्दै उनले दृढताका साथ अगाडि बढेको पनि बताए ।

नेता सिंहले काठमाडौं महानगरपालिका १० बानेश्वरस्थित छक्कुबक्कु पार्कमा नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गरेका छन् । उनले भट्टराईले दिएको सिद्धान्त र आदर्शको राजनीतिको सन्देशलाई सबै राजनीतिक दलका नेताहरुले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

नेता सिंहले कृष्णप्रसाद भट्टराई नेपालको प्रजातान्त्रिक आन्दोलनमा मूल्य, मान्यता र आदर्शको राजनीतिबाट कहिल्यै पनि विचलित नभएको पनि टिप्पणी गरे ।

May be an image of 1 person and standing

प्रतिक्रिया