नेप्से २,४४९ दशमलव ९७ अंकमा खुम्चियो, सातामा १७ अर्ब ९ करोडको कारोबार

काठमाडाैं । यो साता नेप्से २४ सय ४९ दशमलव ९७ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ६५ दशमलव २३ अंकमा खुम्चिएको छ । नियमित काराबारको लागि नेप्से पाँच कार्य दिन नै खुल्ला रहेको भएपनि चार कार्य दिन नेप्से लगातार ओरालो लागेको थियो ।
सोही आधारमा यो साता नेप्से सूचकसँगै काराेबार रकम पनि खुम्चिएको हो । जसअनुसार सातामा दुई सय ३१ वटा कम्पनीहरुको यो साता दुई लाख ६४ हजार ५२ पटकको कारोबारमा तीन करोड ९५ लाख छ हजार नौ सय ६६ कित्ता सेयर किनबेच भएका छन् ।
उक्त किनबेचका आधारमा यो साता कुल कारोबार रकम १७ अर्ब नौ करोड ८६ लाख ७० हजार सात सय आठ रुपैयाँमा सीमित हुन पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो । गत साता भने नेप्सेमा दुई सय ३४ वटा कम्पनीहरुको दुई लाख ४९ हजार १४ पटक कारोबार भएको थियो ।
जसबाट तीन करोड ९८ लाख १९ हजार चार सय १९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १९ अर्ब आठ करोड ८७ लाख ८९ हजार नौ रुपैयाँ पुगेको थियो ।
नेप्से यो साता दोस्रो दिन बढेको थियो भने बाँकी दिनहरुमा लगातार उच्च अंकले घटेको थियो । सोही आधारमा पहिलो दिन ७२ दशमलव ३२ अंकले घटेर दुई हजार पाँच सय १३ दशमलव ८७ अंकमा सिमित भएको नेप्से अन्तिम कारोबार दिन पाँच दशमलव ८४ अंकले घटेर दुई हजार चार सय ४९ दशमलव ९७ अंकमा सीमित हुन पुगेको छ ।
यसबीचका दिनहरुमा पनि नेप्से लगातार ओरालो लागेको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन १४ दशमलव १७ अंंकले घटेर चार सय ७३ दशमलव ३५ अंकमा सीमित भएकोमा अन्तिम कारोबार दिन भने शून्य दशमलव ४३ अंकले बढेर चार सय ६५ दशमलव २३ अंकमा सीमित हुन पुगेको थियो ।
यसबीचका दिनहरुमा भने सेन्सिटिभ इन्डेक्स लगातार घटेको थियो । नेप्सेमा यो साता नेपाल टेलिकम, नबिल बैंक, प्राईम कर्मसियल बैंक आदिको बढी रकम कारोवार भएकाछन भने नेपाल टेलिकम, नेशनल हाइड्रो पावर कम्पनी आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् ।
बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।
प्रतिक्रिया