सोमबार, जेठ ६, २०८२

नेता भट्टराईद्वारा सहमहामन्त्रीमा उम्मेद्वारी घोषणा

नेपालखोज २०७८ मंसिर २४ गते १५:०३

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । आजदेखि राजधानीमा सुरु भएको महाधिवेशनमा उनले खसआर्यतर्फ सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष उनले महाधिवेशन प्रतिनिधिसँग भेटघाट सुरु गरिसकेका छन् । तनहुँको व्यास नगरपालिका–११ बस्ने उनी २०७४ मङ्सिर २१ गते प्रदेशसभा निर्वाचनको उम्मेदवार समेत भएका थिए ।

जनसम्पर्कका अगुवाका अलावा अन्य नेता कार्यकर्ताबाट समेत प्राप्त साथ र हौसलाले आफूलाई अघि बढ्न प्रेरणा मिलेको नेता भट्टराईको भनाइ छ । उनले निष्ठाको राजनीतिको वकालत गर्दै मजबुत कांग्रेस, सुदृढ लोकतन्त्र अनि न्यायपूर्ण आर्थिक विकास नारा लिएर मैदानमा उत्रने तयारी गरेका छन् ।

प्रतिक्रिया