कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजबाट निर्वाचन कार्यक्रम सुरु हुँदै
नेपालखोज
२०७८ मंसिर २५ गते ८:१५

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत आजबाट निर्वाचन कार्यक्रम सुरु हुँदै छ । निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेद्वारकाे मनोनयन दर्ता हुने भएको छ । आज साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनय दर्ताउपर दाबी विरोध र जाँचबुझ गर्ने निर्वाचन तालिका रहेकाे छ ।
निर्वाचन समितिले आज बेलुका ७ बजेदेखि ९ बजेको समयलाई दाबी विरोध उपर निर्णय गर्ने समय छुट्टाएको छ । ९ बजेदेखि १२ बजेभित्र उम्मेद्वारको पहिलो नामावली प्रकाशन हुनेछ ।
उम्मेद्वारहरूले मनोनय फिर्ता लिनु परे २६ गते बिहान ११ बजेसम्मको समय निर्धारण समितिले गरेको छ । कांग्रेसको नयाँ नेतृत्त्व चयनका लागि २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया