नेता गुरुङद्वारा पार्टी सभापति पदका लागि उम्मेद्वारी दर्ता
नेपालखोज
२०७८ मंसिर २५ गते ११:४२

काठमाडौं । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले पार्टी सभापति पदका लागि उम्मेद्वारी दर्ता गराएका छन् । आज बिहान उनले उम्मेद्वारी दर्ता गराएका हुन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा १४औँ महाधिवेशनका लागि स्थापित कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर उनले उम्मेद्वारी दर्ता गराएका हुन् । गुरुङ हाल कांग्रेस केन्द्रीय सदस्य छन् ।
सम्बन्धित
प्रतिक्रिया