मंगलबार, जेठ ७, २०८२

१३ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपालखोज २०७८ मंसिर २६ गते १४:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १३ अर्ब रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि दिउँसो दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने मंसिर २८ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्ये २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब, एक सय ८२ दिने अवधिको चार अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँँको रहेको छ ।

ति मध्ये २८ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ पुस २७ गते तोकिएको छ, भने ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ चैत एक गते तोकिएको छ । त्यसैगरी एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ जेठ ३१ गते तोकिएको छ भने तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ मंसिर २७ गते तोकिएको छ ।

राष्ट्र बैकका अनुसार बिक्री कुुल १३ अर्ब रुपैयाँको टे«जरी मध्ये सात अर्ब रुपैयाँको ट्रेजरी पुरानो नवीकरण अन्र्तगतको रहेको छ भने ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी पुरानो नविकरण अन्र्तगतको रहेको छ । यसअघि पनि राष्ट्र बैंकले यही मंसिर २१ गते नौ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।

प्रतिक्रिया