बुधबार, जेठ १, २०८२

इलामको कन्याममा भ्यान दुर्घटना, दुईको मृत्यू

नेपालखोज २०७८ मंसिर २८ गते २०:५८

इलाम । इलामको कन्यामस्थित चियाबारी नजिकै भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यू भएको छ । उक्त भ्यान मेची राजमार्गको हर्कटे फिक्कल सडक खण्डको कन्याममा दिउँसो ३ बजे दुर्घटना भएको हो ।

इलामको सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे १ ज ३३०७ नम्बरको भ्यान अनियन्त्रित भएर सडकबाट करिब १०० मिटर तल झरेको थियो । भ्यानमा ९ जना यात्रु सवार थिए । घटना भएलगत्तै सबै घाइतेलाई उपचारका लागि झापाको बि एण्ड सी अस्पताल ल्याइएको थियो ।

घाइते मध्ये दुईको उपचारका क्रममा मृत्यू भएको छ । मृत्यू हुनेमा माइजोगमाई ३ का भरत घिमिरे र माईजोगमाई ४ का रामप्रसाद तिम्सिना रहेको बि एण्ड सी अस्पतालले जनाएको छ ।

चालकलाई सामान्य चोट लागेको छ भने उपचाररत अन्य घाइतेको नामथर खुलेको छैन । केहीको अवस्था चिन्ताजनक रहेको पनि अस्पतालले जनाएको छ ।

– इलामबाट परशुराम बरालको सहयोगमा

प्रतिक्रिया