शनिबार, जेठ ४, २०८२

राखेप सदस्य सचिव सिलवाललाई पुनःबहाली गर्न सर्वोच्चको आदेश

नेपालखोज २०७८ मंसिर २९ गते १७:३२

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमा फर्कन अन्तरिम आदेश दिएको छ ।

आज न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले राखेपका तत्कालीन सदस्य सचिव सिलवाललाई बर्खास्ती गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । आदेशको पूर्ण पाठ भने तयार नभएको सर्वोच्च अदालतले जनाएको छ ।

सिलवाललाई गएको कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो । त्यसविरुद्ध सिलवालले कात्तिक २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया