भ्यालेन्सियाको लगातार पाँच खेलमा जित, रियल मड्रिड भने शीर्ष स्थानमा
नेपालखोज
२०७८ पुष ६ गते ९:४५

काठमाडौं । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा भ्यालेन्सियाले लेभान्टेलाई पराजित गरेको छ । गएराती अबेर भएको खेलमा भ्यालेन्सियाले लेभान्टेलाई ३ का विरुद्ध ४ गोलले पराजित गरेको हो ।
लेभान्टेले भ्यालेन्सियालसामु राम्रो प्रतिस्पर्धा गरेपनि जित हासिल गर्न सकेन । भ्यालेन्सियाले प्रतियोगिताको पाँच खेलमा लगातार जित हासिल गरेको छ ।
लिगको अंकतालिकामा २८ अंकका साथ भ्यालेन्सिया सातौँ स्थानमा छ भने रियल मड्रिड शीर्ष स्थानमा । लेभान्टे अंकतालिकामा अन्तिममा छ ।
सम्बन्धित
प्रतिक्रिया