१९ वर्षमुनिको एसिया कप : नेपालले आज श्रीलंकासँग खेल्ने
नेपालखोज
२०७८ पुष ११ गते ७:१८

काठमाडाैं । १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । यूएईको सारजाहमा आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्न लागेको हो । खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।
नेपाल पहिलो खेलमा बङ्गलादेशसँग १ सय ५४ रनको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि कुवेतसँग खेल्नेछ ।
सम्बन्धित
प्रतिक्रिया