उपाधि विजेता भलिबल टोली आज स्वदेश फर्किदै
नेपालखोज
२०७८ पुष १५ गते १०:३२

काठमाडौं । बंगलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोली आज स्वदेश फर्किदै छन् ।
नेपाल भलिबल संघले नेपाली महिला र पुरुष टोली आज बिहान स्वदेश फर्किने जनाएको छ । नेपाली टोली बिहान ११ः१० बजे त्रिभुवन विमानस्थल आईपुग्ने जनाएको छ ।
ढाका मंगलबार उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । पुरुषतर्फ भने नेपाल चौंथो स्थानमा रह्यो । तेस्रो स्थानका लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया