बुधबार, जेठ १, २०८२

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७८ पुष २३ गते १६:४१

काठमाडाै‌ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले काठमाडौ महानगरपालिका वडा नम्वर १० बस्ने ४१ बर्षिय राजेन्द्र कुमार श्रेष्ठलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरेको हो ।

सिआईबीका अनुसार श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदा पनि चेक काटेर दिएका थिए । उनले बि‍.सं २०७६ साल कात्र्तिक २० गते सिभिल बैक लिमिटेडको चेक काटी दिए । बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७८ असोज १० गते प्रतिवादी श्रेष्ठको हकमा बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम पाँच दिन कैद र २६ लाख रुपैंया जरिवाना फैसला भएको थियो ।

सो पश्चात फरार रहेका श्रेष्ठलाई ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले पक्राउ गरेको हो । प्रतिबादी श्रेष्ठलाई वानेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि शुुव्रmबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको सिआईबीले जनाएको छ ।

प्रतिक्रिया