सरकारी कागजात कीर्ते गरेको आरोप लागेका सुवेदी दम्पती थुनामुक्त
नेपालखोज
२०७८ पुष २८ गते १२:००

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका सुवेदी दम्पतीलाई थुनामुक्त गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आवश्यक परेको बेलामा उपस्थित हुने शर्तमा छाडेको छ ।
सरकारी वकिलसँगको समन्वयमा सुवेदी दम्पतीलाई छाडिएको सीआईबीले जनाएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेका सुवेदी दाम्पती पुष ७ गते पक्राउमा परेका थिए ।
ललिता निवास जग्गा प्रकरणमा सीआईबीले ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गर्न सकिने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । अनुसन्धान नपुगेको भन्दै उक्त प्रतिवेदन सरकारी वकिल कार्यालयले सीआईबीलाई नै फिर्ता पठाइदिएको छ ।
सम्बन्धित
प्रतिक्रिया