बुधबार, जेठ १, २०८२

ईन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

नेपालखोज २०७८ पुष २९ गते १७:०७

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर बेलका नगरपालिका ६ का ४० वर्षीय गोबिन्द मगर साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ परेका छन् । उनलाई पक्राउ गरेर बुधबार नेपाल ल्याइएको छ ।

प्रतिवादी गोबिन्द मगर भएको कर्तब्य ज्यान मुद्दामा फरार रहेका मगरलाई साउदी अरेबियामा पक्राउ परेपश्चात सम्बन्धित कसुरमा कारवाही गर्ने र गराउने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोलीले नेपाल ल्याएको हो । २०६१ मंसिर १३ गते मानबहादुर तामाङको ज्यान मारेको मुद्दा गोबिन्दलाई लागेको थियो ।

जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति प्राप्त भई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखा मार्फत ईन्टरपोल महासचिवालयबाट अन्तराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि २०७७ माघ २६ गते उनी उपर रेड नोटिस जारी गरिएको थियो । मगरलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरलाई बुझाइएको ईन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया