१० किलो चरेससहित महिला पक्राउ

काठमाडौं । पर्साको वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटबाट १० किलो लागुऔषध चरेशसहित रञ्जु देवीलाई गएराती प्रहरीले पक्राउ गरेको छ । रौतहट पिपरीयाकी ४२ वर्षीया रञ्जुलाई प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट करिव ५ किलो लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीया सुन्दर तामाङ र १८ बर्षिया किशोर रहेका छन् ।
कञ्चनपुरको बेदकोट नगरपालिका १ घर भएका ३६ वर्षीय अगुन डगौरालाई लागुऔषधसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा करिब ४६ ग्राम २७ मिलिग्राम चरेश जस्तो देखिने कालो पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिक ७ मिलन चौराहबाट करिब १८ ग्राम ४ सय ७० मिलिग्राम लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षीय प्रेम सिंह ठगुन्ना र १९ वर्षीय युवराज बिश्वास रहेका छन । ईलाका प्रहरी कार्यालय चाँदनीबाट खटिएको प्रहरीले खैरो हेरोइन जस्तो देखिने पदार्थसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
प्रतिक्रिया