बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु
नेपालखोज
२०७८ माघ २ गते १२:१३

काठमाडौं । कलंकीमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । रुकुमपूर्व घर भइ हाल काठमाडौंको मनमैजु बस्ने २१ वर्षीय संगीत बुढामगरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बसको ठक्करबाट सख्त घाइते भएका बुढामगरको उपचारको क्रममा कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
स्वयम्भूतर्फ जाँदै गरेको बा ६ ख १४५९ नम्बरको बसले बागमती प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई हिजो बेलुका ७ बजे ठक्कर दिएको थियो । बुढामगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया