‘शक्ति गौचन रनआउट भएछन्’

रुपन्देहीमा कार्यरत युवा पत्रकार दिपेन्द्र बडुवालले रुपन्देही क्रिकेट संघको निर्वाचन पछि फेसबुकमा लेखे ‘रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यावसायी हरि थापा विजयी । क्रिकेटर शक्ति गौचन पराजित ।’ लामो समयदेखि पत्रकारितामा संलग्न संम्लग्न बडुवालको स्टाटसमा आएका केही रोचक प्रतिक्रिया :
एकदेव रिमाल
प्लाष्टर गरेका हातहरूमा सुरक्षाका संगीन थमाइन्छ यहाँ ।
सुरेश श्रेष्ठ
गौचन रनआउट भएछन् दाजै । अर्को म्याचमा जित्लान् नि त ।
लोकराज शर्मा
खेलमा राजनीति ।
गोविन्द खनाल
छक्कै छक्का…. पक्का।
शिवराज कँडेल
हा हा, दाजु यहाँ पनि अराजक तत्वको घुसपैठ भएको हुन सक्छ ।
दीपक पार्क
नोट हो त नोट ।
कृष्णहरि बराल
कलि हो नि कलि, शक्ति द्रब्यमा बसेको हुन्छ रे त कलिमा ! अनी ।
टीएस ठकुरी
यही हो नेपाल, नेपालीको घर ।
नीरज पृथाकोटे मगर
यहाँ यस्तै छ । यहाँ यस्तै छ सबै कुराभन्दा नि पैसै ठूलो छ भन्ने गाएका पनि त्यतैका हुन् क्या रे ! जानेरै गाएका रहेछन् ।
नारायण शर्मा विपिन
हरिको लिला अपरम्पार …।
युवराज आचार्य
हाम्रो जस्तै भएछ, धन्दा व्यवसाय नगर्नेले कुनै चुनाव जित्दैन ।
धर्मेन्द्र रावल
व्यवसायबाट पुगेन, अब क्रिकेटबाट केही हुन्छ कि !
अरुण ज्ञवाली
हरि थापा पनि क्रिकेटका पुर्व राष्ट्रिय खेलाडी हुन् । क्रिकेटमा हरि जीको ठूलो योगदान छ ।
अन्य केही : जय श्री राम, इटस नेपाल, राम राम, नारायण नारायण, हरि हरि, जय ठोरिका राम, चतुरे …, देश, हरि ~ शरणम्, जय होस् ।
प्रतिक्रिया