बुधबार, वैशाख २६, २०८१

बाँस्कोटाको राजिनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्रीले सम्हाल्ने

नेपालखोज २०७६ फागुन ८ गते १९:२६

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिएको राजिनामा स्वीकृत भएको छ ।

बाँस्कोटाको राजिनामा स्वीकृत भएसँगै सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा.युवराज खतिवडालाई दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँस्कोटाको राजिनामा स्वीकृत गरेकी हुन् ।

यसैगरी बाँस्कोटाले सम्हालेको शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेवाङले सम्हाल्ने भएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका विषयमा छलफल भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले बिहीबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया