बुधबार, जेठ १, २०८२

फरार ४ प्रतिवादी पक्राउ

नेपालखोज २०७८ माघ २६ गते ११:१७

काठमाडौं । जालसाजी मुद्दाका चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६९ वर्षीय बुद्धिलाल खड्गी, ३८ वर्षीय प्रकाश खड्गी, ४२ वर्षीय विकास खड्गी र ४५ वर्षीय दिललक्ष्मी खड्गी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले उनीहरुलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाउने छ । फरार प्रतिवादीलाई बनेपा नगरपालिका–५ बाट मंगलबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

जालसाजी मुद्दामा धुलिखेलस्थित जिल्ला अदालतबाट २०६८ फागुन १४ गते कैद तथा जरिवाना फैसला गरिएको थियो ।

प्रतिक्रिया