बिहीबार, जेठ २, २०८२

परालको कुन्युमा ४१ किलो गाँजा

४७ एम्पुल फेनरागन, ४७ एम्पुल नुफिन र ४७ एम्पुल डाईजोपाम

नेपालखोज २०७८ माघ २६ गते १८:३७

काठमाडौं । पोखरा महानगरपालिका–२७ बगदी खोलाबाट नियन्त्रित लागुऔषध ४७ एम्पुल फेनरागन, ४७ एम्पुल नुफिन र ४७ एम्पुल डाईजोपाम सहित २७ वर्षीय सरोज कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले परिमाणको लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

महोत्तरी, जलेश्वर नगरपालिका–८ फुलहट्टा बस्ने राधेश्याम सिंहको जग्गामा रहेको परालको कुन्युमा राखेको करिब ४१ केजी लागूऔषध गाँजा प्रहरीले मंगलबार राति बरामद गरेको छ ।

उक्त स्थानमा लागूऔषध लुकाई राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले कुनिउभित्रबाट ५ वटा बोरामा प्लाष्टिकको झोलाले प्याक गरेको अवस्थामा फेला पारेको हो । थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै काठमाडौं महानगरपलिका–१७ धोबिचौरस्थित सडकबाट १ थान पँहेलो रंगको धातुको मुर्ति, नगद एक लाख चार हजार सात सय ४० रुपैयाँ र दुई थान मोबाइलसहित टोखा बस्ने काभ्रे तेमाल गाउँपालिका–८ का १७ वर्षीय किशोरलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा जाँच गर्दा मूर्ति र नगद फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया