६९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ
नेपालखोज
२०७८ माघ २६ गते १८:५७

काठमाडौं । काठमाडौं महानगरपालिका– १६ बालाजु बाईपासबाट स्रोत नखुलेको नगद ६९ लाख ९९ हजार रुपैयाँसहित नुवाकोट ककनीका २९ वर्षीय नवराज ढुंगानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले नगदसहित फेला पारी पक्राउ गरेको हो । थय अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया