बुधबार, जेठ १, २०८२

४ हजार ८ सय ४० ग्राम सुन जस्तो देखिने अर्धठोस पदार्थसहित एकजना पक्राउ

नेपालखोज २०७८ फागुन १ गते १५:११

काठमाडौं । अवैध रुपमा ल्याउँदै गरेको करिब ४ हजार ८ सय ४० ग्राम सुन जस्तो देखिने अर्धठोस पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३६ वर्षीय झाङ लि रहेका छन् ।

हिमालय एयरको उडानबा६ काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराईभल ट्रनेल गेट नजिक जाँच गर्नेक्रममा ४ वटा पोका पोशाकभित्र लुकाई ल्याएको पदार्थ फेला पारी पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–२ स्थित मनकामना सामुदायिक वनबाट दुई थान भरुवा बन्दुकसहित दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा ५० वर्षीय वीर बहादुर सोमै र २८ वर्षीय खेमु मगर रहेका छन् ।

जंगलमा केही व्यक्ति बन्दुकसहित हिँडिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले शनिबार वीर बहादुरलाई खालि अवस्थामा १ थान र खेमुलाई लोडेड अवस्थामा १ थान भरुवा बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलयले जानकारी दिएको छ ।

प्रतिक्रिया