आइतबार, जेठ ५, २०८२

बागेश्वरी मन्दिरमा मुक्तिनाथ विकास बैंकले राख्यो सीसीटीभी

नेपालखोज २०७८ फागुन ३ गते १६:०८

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्र्तगत विभिन्न संघ–संस्थाहरूलाई सहयोग गर्दै आएको छ । सोही योजनाअनुसार बैंकले नेपालगन्जस्थित बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सीसीटीभी क्यामेराहरू लागि सहयोग गरेको छ ।

बैंकले बागेश्वरी मन्दिरगुठी व्यवस्थापन समिति सँगको सहकार्यमा बागेश्वरी मन्दिरमा ८ थान सि.सि.टिभी क्यामेराहरू एक कार्यक्रमबिच जडानको शुभारम्भ गरेको छ । उक्त कार्यक्रममा बैंककातर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ, मार्केटिङ प्रमुख वसन्त बक्शी, कोहलपुर क्षेत्रीय प्रमख विजय केसी, नेपालगन्ज शाखा प्रबन्धक परवीन केसी र अन्य कर्मचारी तथा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति थियो ।

यो सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनहरूको सुरक्षार मन्दिरको भौतिक संरचनाहरूको संरक्षण गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरूको हितमा काम हुने विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिकरुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया