आइतबार, जेठ ५, २०८२

सुनको भाउ १ हजारले बढ्यो , कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७८ फागुन ५ गते ११:३४

काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला १ हजार रूपैयाँले बढेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १ हजार रूपैयाँले बढेको छ । आज तेजाबी सुन ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदी १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया