आइतबार, जेठ ५, २०८२

फोटोन सोरुममा इन्स्ट्यान्ट एक्सचेन्ज क्याप

नेपालखोज २०७८ फागुन ६ गते १३:४९

काठमाडौं । फोटोन मोटर्सले आफ्नो सोरुम काठमाडौँ बालकुमारीमा फागुन ८ देखि १५ गतेसम्म एक्सचेन्ज क्याप गर्ने भएको छ ।

उक्त क्याम्पमा जुनसुकै कम्पनीका गाडी फोटोनको टुनल्यान्डसँग साटेर तत्कालै लिएर जान सकिने कम्पनीले जनाएको छ । पुराना गाडीहरूको बजारमा प्रचलित मूल्यभन्दा उच्चतम् भ्यालुएसन दिने कम्पनीले जनाएको छ ।

उक्त एक्सचेन्ज क्याम्पमा फाइनान्सको सुबिधा पनि रहनुको साथै हरेक टेस्ट ड्राइभ आकर्षक उपहार योजना रहेको जानकारी पनि कम्पनीले दिएको छ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिका सेल्स हेड नबिन आचार्यले भने, ‘ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न एमएडब्लू वृद्धि तल्लीन रहेको छ । यस एक्सचेन्ज क्यापले ग्राहकहरुलाई उत्कृष्ट एक्स्चेञ्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।’

प्रतिक्रिया