बुधबार, जेठ १, २०८२

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७८ फागुन ९ गते १६:४३

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिनोद थापा रहेका छन् ।

केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले काठमाडौं तारकेश्वर नगरपालिका-७ मा बस्दै आएका थापालाई पक्राउ गरेको जानकारी दिएको छ ।सिआईबीका अनुसार थापाले बैंक अफ काठमाण्डू लिमिटेड शाखा गोंगबुमा निजको खाताबाट रकम भुक्तान गरी उक्त बैंकको खातामा पर्याप्त रकम नभएको भन्दै झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दे उच्च अदालत पाटनबाट मंसिर सात गते प्रतिवादी थापालाई सजाय ऐन २०६४ बमोजिमको कसुरमा ५१ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद हुने ठहर भएको थियो ।

फरार रहेका थापालाई केन्द्रिय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले आईतबार काठमाडौंको तारकेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज ललितपुर जिल्ला अदालतमा सिआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया