चोरीको मोटरसाइकलसहित दुई जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौँको सामाखुशीबाट चोरीको मोटरसाइकलसहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले सामाखुसीबाट महोत्तरी बर्दीबास घर भई कपन बस्ने वर्ष २० संजय विश्वकर्मालाई बास्तविक नम्वर परिवर्तन गरि प्रदेश ३–०२–१२ प ५५८२ नम्वर भएको एनएस पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।
वास्तविक नम्बर बा ८५ प ९०३४ खुल्न आएको उक्त मोटरसाइकल पुसमा धुम्बाराहीबाट हराएको भनी मोटरसाइकल धनी सन्तोष श्रेष्ठले जानकारी गराएको एसएसपी जोशीले बताए । त्यसैगरी सोही स्थानबाट बा ९७ प ३१५५ नम्बरको पल्सर मोटरसाइकलसहित संखुवासभाको खाँदबारी घर भई काठमाण्डौं बस्ने रमेश राईलाई नियन्त्रणमा लिइएको छ । कपन बस्ने निर्मल कार्कीले उक्त मोटरसाइकल चोरी भएको भनी यहि असोजमा निबेदन दिएको महाशाखाले जनाएको छ ।
मोटरसाइकलसहित पक्राउ परेका दुबै जनालाई चोरी मुद्दा अनुसन्धान एवं कारबाहिका लागि महानगरीय प्रहरी बृत्त महाराजगंजमा पठाइएको महाशाखाले जानकारी दिएको छ ।
प्रतिक्रिया