बुधबार, जेठ १, २०८२

धरानमा जेब्रा झोलामा भेटिएको शवको सनाखत, परिवारकै सदस्यको संलग्नतामा हत्या

नेपालखोज २०७८ फागुन १० गते १८:४०

काठमाडौं । सुनसरीको धरानमा जेब्रा झोलामा भेटिएको शवको सनाखत भएको छ । जेब्रा झोलामा अलगअलग ठाउँमा भेटिएको शवको एक सातापछि सनाखत भएको हो ।

झापाको दमक–५ का ४३ वर्षीय दीपक सिग्देलको शव रहेको पत्ता लागेको प्रहरीले जानकारी दिएको छ । शवको पहिचान नखुल्दा घटनाको अनुसन्धान असहज बनिरहेका बेला हत्या गरिएका व्यक्ति सिग्देल भएको खुलेको हो ।

जेब्रा झोलाभित्र प्याक गरेर सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित धरान–भेडेटार सडक खण्डको जङ्गलमा फ्यालिएको अवस्थामा एक साताअघि शव भेटिएको थियो । उनको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि बहराईन पुगेर फर्किएका उनको परिवारकै सदस्यको संलग्नतामा हत्या भएको पाइएको हो ।

प्रतिक्रिया