नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै
नेपालखोज
२०७८ फागुन १३ गते ७:५५

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ । ओमानमा भएको आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोली आज बेलुका स्वदेश फर्कन लागेको हो ।
नेपाल क्रिकेट संघ क्यानले नेपाली टोली आज बेलुका साढे पाँच बजे नेपाल आइपुग्ने जनाएको छ । विश्व कपमा पुग्न असफल नेपाल छनोटमा तेस्रो भएको छ । हिजो तेस्रो स्थानका लागि भएको खेलमा नेपालले ओमानलाई ९ विकेटले हराएको थियो ।
सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपाल यसैवर्ष अष्ट्रेलियामा हुने टी–२० विश्व कपमा पुग्न असफल भयो । आयरल्यान्ड र यूएई विश्व कपमा पुगेका छन् ।
सम्बन्धित
प्रतिक्रिया