म्याग्दीका रोहित शेरचन लागुऔषध र बन्दुकसहित पक्राउ
नेपालखोज
२०७८ फागुन २१ गते १६:३५

ललितपुर । ललितपुर महानगरपालिका १० ज्वागल डेरा गरी बस्ने म्याग्दीका ४२ वर्षीय जोन भन्ने रोहित शेरचन १३ ग्राम लागुऔषध मेथ–एम्फेटामाइन (आइस) जस्तो देखिने सेतो पदार्थ, भरुवा बन्दुक एक थान, एयर गन एक थान, नगद नौ हजार रुपैयाँ र एक थान मोबाइलसहित पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका १०, चाकुपाटमा खटिएको प्रहरीले बा.८५प ५०१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक शेरचनलाई ३ ग्राम अवैध लागूऔषध आईस जस्तो देखिने सेतो पदार्थसहित फेला पारी बिहीबार पक्राउ गरेको हो । अनुसन्धानका क्रममा प्रहरीले उनको डेरा कोठामा तलासी गर्दा थप १० ग्राम उक्त लागुऔषध जस्तो देखिने पदार्थ, भरुवा बन्दुक र एयर गन फेला पारेको हो ।
उनीमाथि जिल्ला अदालत ललितपुरबाट पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया