संरक्षित वन्यजन्तु सालकको आखेटोपहारसहित एकजना पक्राउ
नेपालखोज
२०७८ फागुन २३ गते १५:४०

काठमाडौं । काठमाडौं महानगरपालिका १३, सोल्टीदोबाटोबाट दुईथान संरक्षित वन्यजन्तु सालकको आखेटापार जस्तो देखिने वस्तु र एकथान डिजिटल तराजुसहित काठमाडौं तारकेश्वर नगरपालिका १०, नेपालटार बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ३ घर भएका ४० वर्षीय गोपाल बानियाँलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा सालकको आखेटोपहार १२ लाख रुपैयाँमा बिक्री गर्न खोजिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त वस्तु र तराजुसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया