दोर्दीले पायो शेयर निष्कासन स्वीकृत
नेपालखोज
२०७६ फागुन १३ गते १६:२०
काठमाडौं। वैशाखमा विद्युत उत्पादन गर्ने लक्ष्य सहित आयोजनाको ९६ प्रतिशत काम सम्पनन गरिसकेको लमजुङ्ग स्थित दोर्दी ए जलविद्युत आयोजनालाई नेपाल धितोपत्र बोर्डले शेयर निष्कासनका लागि स्वीकृत दिएको छ ।
नेपाल लिवर्टी इनर्जी कम्पनीको करीव ४ अर्व ६३ करोड लागतमा निर्माणको अन्तिम चरणमा रहेको दोर्दी ए जलविद्युत आयोजनालाई ३७ लाख ५० हजार कित्ता शेयर निष्कासनका लागि बोर्डले आजै स्वीकृत दिएको हो । बोर्डले दिएको स्वीकृत अनुसार आयोजनाले ३७ करोड ५० लाख बराबरको शेयर निष्कासन गर्ने छ ।
२५ मेगावाट विद्युत उत्पादन गर्ने सो जलविद्युत आयोजनाको सेयर निष्काशन तथा विक्री प्रवन्धकमा भने एनआइविएल एस क्यापिटल लिमिटेड रहेको छ।
सम्बन्धित
प्रतिक्रिया