बैंकिङ कसुरका फरार प्रतिवादी बन्जाडे पक्राउ
नेपालखोज
२०७८ फागुन २५ गते १७:१७

काठमाडौं । बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मीनभवनका अनुसार अर्घाखाँचीको मालारानी गाउँपालिका घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्ने ४९ वर्षीय कृष्णप्रसाद बन्जाडेलाई पक्राउ गरिएको हो ।
महाशाखाका अनुसार उच्च अदालत पाटनको २०७७ पुस २४ गते र २०७८ मंसिर २१ गतेको फैसलाले बन्जाडेलाई ११ लाख रुपैयाँ जरिवाना र चार दिन कैदको फैसला सुनाएको थियो ।
सोपश्चात फरार रहेका बञ्जाललाई बुधबार नयाँ बानेश्वरको थाापागाउँबाट पक्राउ गरिएकामा सोही दिन फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको महाशाखाले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया