बुधबार, जेठ १, २०८२

भ्रामक समाचार सम्प्रेषण गरेको अभियोगमा दुईजना पक्राउ

नेपालखोज २०७८ फागुन २५ गते १८:२६
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । युट्युब च्यानलमार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका ८ भीमढुंगा बस्ने ५३ वर्षीय हरि उदासी भन्ने हरि परियार र तारकेश्वर नगरपालिका ४, शेषमती बस्ने लमजुङ राईनास नगरपालिकाका २७ वर्षीय निशान चिलवाल छन् ।

हरिले ‘नेपाल मिडिया’ र निशानले ‘विशाल नेपाल’ नामक युट्युब च्यानलमार्फत गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यका साथ पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी भ्रामक समाचार सम्प्रेषण तथा अनर्गल वक्तव्य बाजी गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको खुल्न आएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७/७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया