ब्राउन सुगरसहित दुईजना पक्राउ
नेपालखोज
२०७८ फागुन २९ गते ९:५१

झापा। झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर १२ का ४५ वर्षीय कुमार राजवंशी र अर्जुनधारा ४ भाङबारीका ३६ वर्षीय रेसबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
राजवंशीलाई शनिबार इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेची पुल छेऊबाट चार ग्राम ब्राउनसुगरसहित पक्राउ गरेकाे र सार्कीलाई अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले घरमै दुई ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । –रासस
सम्बन्धित
प्रतिक्रिया