बुधबार, जेठ १, २०८२

९० लाखको चिठ्ठा र सुनको सिक्री परेको भन्दै ठग्ने पक्राउ

नेपालखोज २०७८ चैत १ गते १४:५२

काठमाडौं । दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौं चाबहिल बस्ने दक्षिण कोरियाका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ७३ वर्षीय रे सि जङ रहेको प्रहरीले जनाएको छ ।

चाबहिलमा रहेको ओके कन्सल्टेन्सीको सञ्चालक भन्दै वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाइदिन्छु भनेर उनले ठगी गरेको प्रहरीले जनाएको छ । पीडितबाट रकम लिएर नपठाएपछि पीडितकै जाहेरीका आधारमा प्रहरीले उनलाई महाराजगन्जबाट सोमबार पक्राउ गरेको हो ।

उनीलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ ।

यसैगरी वाट्सएपमार्फत पार्सल र चिठ्ठा परेको रकम पाउन कर तिर्नुपर्छ भनी २९ लाख ४० हजार रुपैयाँ ठगी गर्ने ३८ वर्षीय गान्दीप गौतमलाई पनि प्रहरीले पक्राउ गरेको छ । जोहान लोरेन्स नामका ती व्यक्तिले फेसबुक र वाट्सएपकामार्फत पीडितलाई ९० लाखको चिठ्ठा परेको छ, साथै सुनको सिक्री, २ लाख पाउन्ड भएको सुटकेससमेतको पार्सल पठाएको छु भनी ठगी गरेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ । म्यासेज पठाएको केही समयपछि प्रताप राना सिंह नाम बताउने व्यक्तिले पीडितलाई वाट्सएपमार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउन ट्याक्स रकम तिर्नुपर्छ भनी भ्रमपूर्ण विश्वासमा पारी ठगी गरेको छ ।

प्रतिक्रिया