सोमबार, वैशाख २९, २०८२

पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल

नेपालखोज २०७८ चैत २ गते ११:३२

काठमाडौं । नेपाली क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिले बलिङ गर्ने भएको छ । यूएईमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेसँगै नेपालले पहिले बलिङ गर्ने भएको हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहेको छ ।
नेपालले यस अघि पीएनजीविरुद्ध दुई एकदिवसीय खेल खेलिसकेको छ । दुबै खेलमा नेपालले जित निकालेको छ।

प्रतिक्रिया