सोमबार, वैशाख २९, २०८२

नेपालका लागि रोहित र आरिफले बनाए अर्धशतक

नेपालखोज २०७८ चैत २ गते १७:५४

काठमाडाैं । रोहित कुमार पौडेलले एकदिवसिय अन्तराष्ट्रिय क्रिकेटमा आफ्नो करिअरको चौथो अर्धशतक पुरा गरेका छन् । उनले ७१ बलमा ५० रन पुरा गरे ।

रोहित र आरिफ समालिँदा नेपालको जित्ने आशा जिवितै छ । रोहित भने ८५ बलमा ५८ रन बनाएर आउट भए । यता आरिफले ७७ बलमा ५० रन पुरा गरे । उनलाई विनोद भण्डारीले साथ दिइरहेका छन् ।

यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल सामु पपुवा न्युगिनीले २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिलो ब्याटिङ गरेको पीएनजीले नेपाल सामु संयमित प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनाएको हो।

पहिलो ब्याटिङ गरेको पीएनजीका लागि चार्लेस अमीनिल् सर्वाधिक ५९ रनको अर्धशतकीय इनिङ खेलेका थिए । ९१ रनमा ४ विकेट गुमाएको अवस्थामा चार्लीले पाँचौं विकेटका लागि चाड सोपरसँग ७४ रनको साझेदारी गर्दै टीमलाई समानजनक अवस्थामा पुर्‍याएका थिए । संयमित सुरुवात गरेको पिएनजीले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरेको थियो। ओपनर टोनी उराले २७ रन बनाउँदा लेनगा साइकाले २५ रन बनाए। यि दुईबिचको साझेदारी आरिफ शेखले तोड्दै पहिलो विकेटका रुपमा उरुलाई २७ रनमा बिनोद भण्डारीद्वारा क्याच आउट गरेका थिए । साइका पनि सन्दीप लामिछानेद्वारा बोल्ड भएका थिए ।

पीएनजीका लागि कप्तान १९ रन बनाएर आउट भए । उनलाई ज्ञानेन्द्र मल्लले आउट गरे। मल्लको यो पहिलो एकदिवसिय अन्तराष्ट्रिय विकेट समेत हो। त्यस्तै विनोद भण्डारीद्वारा रनआउट हुनु अघि नोरमन भनउले २३ रन जोडेका थिए । त्यस्तै चाडो सोपेरलाई ३५ रनको अवस्थामा सोमपाल कामीद्वारा बोल्ड भएका थिए। सोमपालले नेपालका लागि सर्वाधिक ३ विकेट हात पारेका थिए । त्यस्तै आरिफ शेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले समान १/१ विकेट लिए।

यस्तै नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ । यो समाचार तयार पार्दासम्म नेपालले ४३ ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनाएको छ । नेपालको सुरुवात नराम्रो भएको थियो । नेपालका ओपनर कुशल भुर्तेलले ७ बलमा १ रन बनाएर आउट भए । यस्तै १ विकेट डाउनमा आएका ज्ञानेन्द्र मल्ल पनि ६ बलमा ४ रन बनाउ आउट भइसकेका छन् । २ डाउनमा आएका दिपेन्द्र सिंह पनि आउट भएका छन् । उनले २० बलमा ८ रन मात्र बनाउन सके । आसिफले ४० बलमा १६ रन बनाएर आउट भए ।

प्रतिक्रिया