शुक्रबार, जेठ ३, २०८२

विमलकुमार तिवारीले गरे मौद्रिक नीतिमा विद्यावारिधि

नेपालखोज २०७८ चैत ४ गते १६:३६

काठमाडौं । सेयर विश्लेषक विमलकुमार तिवारीले युनिभर्सिटी अफ मैसुरबाट विकास अध्ययनमा विद्याबारिधि गरेका छन् । उनले आफू मार्च २२ मा भारतको मैसुरमा हुने दीक्षान्त समारोहमा सहभागी हुन जान लागेको जानकारी दिए । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ लिमिटेडका कार्यकारी अध्यक्षसमेत रहेका तिवारी सेयर बजारको प्राविधिक विश्लेषण गर्दै आएका छन् । उनले यस अघि लगानीको क्षेत्रका साथै बैंक तथा वित्तीय संस्थाहरुमा १८ बर्षको अनुभव हासिल गरेका छन् ।

तिवारीले नेपालको अर्थतन्त्रको दीगो विकासमा मौद्रिक नीतिको प्रभाव विषयमा विद्याबारिधिको सोधपत्र तयार गरेका हुन् । उनको सोध निर्देशकमा चर्चित प्राध्यापक एम. देवराज थिए । बढ्दो महंगाइ, ब्याजदरको अनियमित घटबढ, बैंक तथा वित्तीय संस्थाको तीब्र बृद्धि र नेपाल राष्ट्र बैंकले सन् २००१ देखि मौद्रिक ल्याउन सुरु गरेको परिप्रेक्षमा यस विषयमा खासै अध्ययन नभएकाले आफूले विद्याबारिधिका लागि उक्त विषय छनौट गरेको तिवारीले बताए ।

तिवारीको स्रोतमा मौद्रिक नीति आए पछिका डेढ दशक (सन् २०११ देखि २०१६सम्म) मा बैंक तथा वित्तीय संस्थाको विकासमा धेरै परिवर्तनहरु भएको उल्लेख गरे । त्यसको परिणाम मुलुकको आर्थिक गतिविधि अन्र्तगत घरेलु बचत र भुक्तानी सन्तुलनमा सकारात्मक प्रभाव परेको छ । लगानी नीतिमा निर्माणमा मौद्रिक नीति प्रभावकारी देखिएको र यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

बाणिज्य बैंकहरुको तरलता जहिले पनि बचत भन्दा बढी भएको देखिन्छ । त्यसैले अनिवार्य नगद मौज्दातको सामान्य घटबढले ऋण प्रवाहको वृद्धिमा असर नपार्ने स्रोतबाट देखिएको छ । यसै गरी कृषि उत्पादत्वको मूल्य वृद्धि अनुपात भने घटाउन सघाएको देखिएको छ । तर मौद्रिक नीतिले मुद्रा स्फिर्ति अस्वाभाविक रुपमा उच्च दरले बढेको, ब्याजदर उतार चढाव पूर्ण, तरलताको समस्या, सेयर बजार अस्थिर रहेको, बढ्दो बेरोजगारी, बढ्दो घाटाले दीगो विकासमा असर पारिरहेको स्रोतले जनाएको छ । तत्काल दीगो प्रकृतिको मौद्रिक नीति ल्याइनु पर्ने तिवारीले बताए ।

प्रतिक्रिया