बुधबार, जेठ १, २०८२

मोटरसाईकल चोरीगर्ने पञ्च बहादुर सिंह पक्राउ

नेपालखोज २०७८ चैत ४ गते १६:३२

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल सहित एक जनालाई काठमाण्डौको स्वयम्भु भुईखेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय पञ्च बहादुर सिंह रहेका छन् ।

कोहलपुर बाँकेबाट हराएको प्रदेश ३–०२,००३ प २४७३ नम्बरको कालो रंङको २०० सी.सी.को पल्सर एन एस मोटरसाईकल सहित पक्राउ गरेको महाशाखाले जनाएको छ । सिंहले यातायात व्यवस्था कार्यालय बाग्मतीले संचालन गर्दे आएको गुर्जुधाराबाट सवारी चालक अनुमति–पत्र वर्गको परिक्षामा जिल्ला बाँके खजुरा वडा नं. ३ बस्ने कबिन्द्र शाहीको नागरिकता प्रमाण पत्रमा आफ्नो फोटो टाँसी प्रयोगात्मक परिक्षा दिएको समेत खुल्न आएको छ ।

वास्तविक नम्बर भे १० प ४३६२ खुल्न आएको सो मोटरसाईकल आशिष गुरुङको रहेको समेत पत्ता लागेको छ । निज सवारी धनीलाई मोटरसाईकल भेटिएको जानकारी समेत दिई सकेको महाशाखाले जनाएको छ । नियन्त्रणमा आएको मोटरसाईकल सहित पक्राउ परेका मानिसलाई चोरी मुद्दा अनुसन्धान एवं कारबाहिका लागी महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया