सोमबार, वैशाख २९, २०८२

महिला विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका विजयी

नेपालखोज २०७८ चैत ५ गते १२:०५

काठमाडौं । आईसीसी महिला एक दिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । न्यूजिल्याण्डमा सुरु भएको विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा बंगलादेशमाथि ३२ रनको जित पक्का गर्न सफल भएको होे । डुनेडिनमा भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई २०८ रनको लक्ष्य दिएको थियो । जवाफमा बंगलादेश ४९.३ ओभरमा १७५ रनमा समेटिन पुग्यो ।

बंगलादेशलाई समेट्न दक्षिण अफ्रिकाकी आयाबोंगा खाकाले सर्वाधिक ४ विकेट लिएकी थिइन् । मसबता क्लासले २ विकेट लिँदा सबनिम इस्माल र मेरिज्ना कपले एक एक विकेट लिए । बंगलादेशका लागि सरमिन अख्तरले सर्वाधिक ३४ रन बनाउँदा कप्तान निगर सुल्तानले २९ रनको योगदान गरिन् । यसैगरी जनारा आलम र साइमा सुल्तानले २७–२७ रन बनाए ।

पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ .५ ओभरमा सवै विकेट गुमाएर २०७ रन बनायो । उसका लागि मेरिज्ना कपले सर्वाधिक ४२ रन बनाउँदा लाउरा वुल्भाडटले ४१ तथा चोले ट्रेयोनले ३९ रन बनाएकी थिइन् । बंगलादेशका लागि फेरिहा ट्रिस्नाले ३ विकेट लिँदा जनारा आलम र रितु मोनीले दुई दुई विकेट लिए ।

प्रतिक्रिया