बुधबार, जेठ १, २०८२

करणको टी-ट्वान्टी अन्तर्राष्ट्रियमा ५० विकेट

नेपालखोज २०७८ चैत १७ गते १५:४९

काठमाडाैं । नेपाली बलर करण केसीले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा ५० विकेट पुरा गरेका छन । उनी यो आँकडा पार गर्ने दोस्रो नेपाली बलर बनेका छन । उनी भन्दा अगाडी सन्दिप लामिछानेले यो आँकडा पार गरेका थिए ।

पीएनजीसँगको खेलको पहिलो ओभरमा नै लेगा सिकाको विकेट लिएर उनले टी-ट्वान्टी आईमा ५० विकेट पुरा गरे । करणले लेगालाई मात्र एक रनमा विकेटकिपर आशिफ शेखको हातबाट क्याचआउट गराएका थिए ।

उनले यो आँकडा ३६ खेलमा पुरा गरेका हुन ।

प्रतिक्रिया