बुधबार, जेठ १, २०८२

चर्च ब्वाइज एक खेल अगाडीनै ‘ए’ डिभिजन लिगमा उक्लियो

नेपालखोज २०७८ चैत २२ गते १२:३५

काठमाडाैं । चर्च ब्याइज युनाइटेड पहिलो पटक शिर्ष डिभिजनमा उक्लिएको छ । लिगको शिर्ष स्थानमा रहँदै चर्च ब्याइज एक खेल अगाडी नै ए डिभिजनमा उक्लिएको हाे ।

चर्च ब्वाइज अन्तिम चरणको खेल बाँकी हुँदै ‘बी’ डिभिजन लिग विजेताको हैसियतमा ‘ए’ डिभिजनमा बढुवा भएको छ । शीर्ष स्थानमा रहेको चर्च ब्वाइजले १२ खेलबाट २६ अंक जोडेको छ ।

त्यो दोस्रो स्थानको रानीपोखरी टिम (आरसीटी)भन्दा आठ अंकले बढी हो । आरसीटीले एक खेल कम खेलेको छ ।

प्रतिक्रिया