बुधबार, जेठ १, २०८२

श्रीलंकन क्लब ब्लू स्टारविरुद्ध मच्छिन्द्रको सुरुवाती-११ यस्तो ?

नेपालखोज २०७८ चैत २२ गते १७:०७

काठमाडाैं । नेपालको ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोट-२०२२ को प्ले अफ अन्तर्गत श्रीलंकन क्लब ब्लू स्टारसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही बेरमा हुने खेलका लागि मच्छिन्द्र फुटबल क्लबले सुरुवाती ११ सार्वजनिक गरेको छ ।

पहिलो सहभागितामै समूह चरणसम्म पुग्ने योजनामा रहेको मच्छिन्द्र आजको खेलमा सहज जितको अपेक्षामा हुनेछ ।​ मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो । एएफसीको लाइसेन्स नभएर अघिल्लो पटक मच्छिन्द्रले एएफसी कप छनोट खेल्न पाएको थिएन । यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग अप्रिल १२ मा खेल्नेछ ।

गत संस्करणमा एएफसी कपका लागि छनोट भएको मच्छिन्द्रले क्लब लाईसेन्स नभएका कारण छनोट गुमाएको थियो । उसका स्थानमा नेपालबाट त्रिभुवन आर्मी क्लबले सहभागिता जनाएको थियो । तर यो पटक मच्छिन्द्र आफ्नो पहिलो यात्रालाई नै समुहचरणमा पुग्ने लक्ष्यमा रहेको छ।

लिग च्याम्पियन मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले विपक्षी टीमको खेल हेरेको भन्दै जितको उदेश्यका साथमा मैदानमा उत्रिने बताए। उनले भने ‘हामीले विपक्षीलाई बलियो रुपमा लिएका छौं। हाम्रो लक्ष्य समुहचरण पुग्ने भएकाले हामी सोहि अनुसार प्रदर्शन गर्ने छौं।उनीहरुको खेल हेरेका छौं। त्यसैले सोहि अनुसारको प्रदर्शन गर्ने हाम्रो लक्ष्य रहेको छ।’

file photo

उनले आफ्ना खेलाडी फिट रहेको भन्दै शतप्रतिशत प्रयास गर्ने बताए । कटुवालले भने ‘श्रीलंकाको लिग राम्रो चलिरहेको छैन्, यद्दपि च्याम्पियन भएर ब्लु स्टार छनोट भएको हो। त्यसैले कमजोर आँकेका छैनौं।’

त्यस्तै कप्तान सुजलले पनि टीमको लक्ष्य दोस्रो चरणमा पुग्ने भएकाले सोही अनुसारको प्रदर्शन गर्ने बताएका छन् ।श्रीलंकाका प्रशिक्षक राजमान्य डेभासगयामले पनि नेपाली टीमविरुद्व संयमित भएर मैदान उत्रने बताए । उनले नेपाली टीमलाई बलियो प्रतिद्वन्दिका रुपमा लिएको बताए । उनले भने ‘हामिले नेपाली टीमलाई बलियो प्रतिद्वन्दिका रुपमा लिएका छौं। सोही अनुसारनै हामिले राम्रो तयारी गरेका छौं।’ उनले टीमको लक्ष्य जित भएकाले जितकै लागि प्रतिस्पर्धा गर्ने बताए ।

मच्छिन्द्रको सुरुवाती–११

गोलरक्षक: विशाल श्रेष्ठ
डिफेन्डर: रन्जित धिमाल, ओमोलोजा करिम, देवेन्द्र तामाङ, छिरिङ गरुङ
मिडफिल्डर: विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, अन्द्रेश चोन्क्यो
फरवार्ड: बिमलघर्ती मगर, नुर्लान नोभ्रुज

प्रतिक्रिया