आईपीएलमा मुम्बई इन्डियन्सकाे लगातार तेस्रो हार
नेपालखोज
२०७८ चैत २४ गते ६:४७

काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार व्यहोरेको छ । गयराति भएको खेलमा मुम्बई कोलकता नाइटराइडर्ससँग ५ विकेटले पराजित भएको हो ।
कोलकता भने तालिकाको शीर्ष स्थानमा रहँदा मुम्बई भने नवौं स्थानमा रहेको छ । पहिला व्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ४ विकेट गुमाएर १६१ रन बनाएको थियो । १६२ रनको जवाफी लक्ष्य पछ्याएको कोलकताले १६ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया