एएफसी एसियन कपका लागि मिडफिल्डर विशाललाई पनि टीममा थपियो

काठमाडाैं । एएफसी एसियन कप छनोटका लागि मिडफिल्डर विशाल राईलाई टीममा थपिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। एन्फाले बिहीबार विशाललाई टोलीमा बोलाएको हो ।
यसअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि २४ खेलाडी बोलाएका थिए । जहाँ विशाल टीममा पर्न सकेका थिएनन् । तर बिहिबार उनलाइ टीममा थप गरिएको हो । नेपालले १५ अप्रिलबाट बन्द प्रशिक्षण सुरु गर्ने छ।
छनोटमा नेपाल समूह ‘ए’ मा रहेर प्रतिस्पर्धा गर्दै छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्। नेपालको समूहको छनोट खेलहरु कुवेतमा आगामी ८ देखी १४ जुन सम्म आयोजना हुँदै छ। हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा स्थान बनाउने छन्।
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले ८ जुनमा जोर्डनसँग खेल्दा दोस्रो खेलमा ११ जुनमा कुवेतसँग प्रतिस्पर्धा गर्ने छ। त्यस्तै १४ जुनमा नेपालले इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्ने छ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी
किरण कुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्ती मगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ, विशाल राई
प्रतिक्रिया