बुद्ध जन्मभूमिमा अन्तर्राष्ट्रिय स्पोर्टस डे मनाइयो

लुम्बिनी । नेपाल ओलम्पिक कमिटीले वाकथलनसहित बुद्ध जन्मभूमि लुम्बिनीमा इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस भब्य रूपमा मनाइएको छ । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी विकास कोषको सहआयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा राजनीतिज्ञ, खेलकर्मी, भिक्षुभिक्षुणी, पत्रकार र विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो । लुम्बिनी परिसरमा आयोजित वाकथलन मायादेवी मन्दिरमा गएर टुंगेको थियो । त्यहाँ विश्वमा शान्तिको कामना गर्दै दीप प्रज्वलित पनि गरिएको थियो । त्यस अवसरमा प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले यस प्रकारको कार्यक्रमले ओलम्पिक आन्दोलनको माध्यमबाट पूरा विश्वमा लुम्बिनीको प्रचार प्रचार हुने विश्वास व्यक्त गरे ।
भिक्षु भिक्षुणीबाट शान्ति पाठसहित सुरु झएको कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुद्धकालीन समयमै लुम्बिनीमा वृहत खेलकुद कार्यत्रम भएको इतिहास भएको बताउदै यो क्षेत्र शान्तिको प्रतीकको रूपमा रहेको र आउने वर्षमा यस कार्यक्रमलाई अझ भब्यरूपमा मनाउने योजना रहेको बताए ।
प्रतिक्रिया