बुधबार, जेठ १, २०८२

प्रो-क्लब च्याम्पियनसिपमा रुपन्देही-११ को विजयी सुरुवात

नेपालखोज २०७८ चैत २५ गते १७:०४

काठमाडौं । नेपाल प्रो क्लव च्याम्पेनसीपमा रुपन्देही एघारले विजयी सुरुवात गरेको छ । रुपन्देही एघारले मलेसिया एघारलाई ६ विकेटले पराजित गरेको हो । भैरहवाको सिदार्थनगरस्थित सिदार्थ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसिया एघारले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रन बनाएको हो । १३२ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १९.२ ओभरमा ४ विकेटको गुमाउँदै भेट्टाएको होे ।

रुपन्देहीका लागि ओपनरद्वय प्रजोल थापा र देव खनालले पहिलो विकेटको लागि ५२ रनको साझेदारी गरेका थिए । ९.३ ओभरमा रुपन्देहीले पहिलो विकेट गुमाएको थियो । उसले ३८ रन बनाएका प्रंज्जवल थापालाई व्यक्तिगत ३८ रनमा गुमाएको हो। प्रज्जवलले ३२ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए । प्रज्जवललाई मुहम्मद आमिरले कोल्ड गरेका हुन् । त्यस्तै देव खनाल २२ रन बनाएर पभिलियन फर्किए । मलेसियाका भिरनदिपले मुहम्मद आमिरको हातबाट क्याच आउट गरेका हुन् ।

शुशान्त थापा ६ रन बनाउँदा तुल थापाले ७ रन बनाए । रुपन्देहीका बसिर अहम्मदले अभिजित २७ तथा सन्दिप रजाइलीले अभिजित २४ रन बनाए । मलेसियाका लगि भिरनदिपले २ तथा साइद अजिज र मुहम्मद अमिरले समान एक एक विकेट लिए।यसअघि मलेसिया एघारले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रन बनाएको हो । मलेसियाका लागि ओपनर भिरदिपले ६३ बलमा ७ चौका र एक छक्का प्रहार गर्दै ६६ रन बनाएका थिए। १७.३ ओभरमा विक्रम भुसालको बलमा दुर्गेश गुप्ताले क्याच आउट गरे।

त्यस्तै साहिद अजिजले २५ रन जाड्दा शार्भिन मुनिएन्डी २८ रन जोडे । मलेसियाका तीन खेलाडीले खाता खोल्न नै सकेनन् । अ‍ैनुल हफिज र मुहम्मद वकिफ र स्यार्जरुल इर्दुसले शुन्य रनमा नै आउट भए । त्यस्तै जुबैदी जुलकिफ्ले, अहमद फैजाज र मुहमद आमिर समान एक रन बनाउँदै पभिलियन फर्किए । अन्तिम ओभरका मलेसियाले चार विकेट गुमाएको थियो।रुपन्देहीका लागि कप्तान कृष्ण कार्कीले तीन बसिर अहम्मदले २ तथा दुर्गेश गुप्ता अनिल खरेल र विक्रम भुसालले समान एक-एक विकेट लिए ।

अष्ट्रेलियन लेजेण्ड शेन वार्नको स्मृतिमा भैरहवामा भईरहेको प्रो क्लब च्याम्पियनसिपमा आठ टोलीको सहभागिता रहेका छन्। सहभागि टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा समूहको शीर्ष दुई स्थानमा हुने टिमले सेमिफाइनलमा स्थान बनाउने छन् । जोरा इन्टरनेसनलको आयोजना गरेको च्याम्पियनसिप अप्रिल १६ मा समापन हुने छ । प्रतियोगितामा नेपाल पुलिस, सीएआर ११, पुस स्पोर्टस दिल्ली, एपीएफ, ट्यालेन्ट हन्ट सीए ढाका र यूपी ११ को सहभागिता रहेको छ ।

प्रतिक्रिया