बुधबार, जेठ १, २०८२

उपत्यका व्यापी कराँते प्रतियोगिताको फाइनल आज

नेपालखोज २०७८ चैत २६ गते १०:०८
No description available.

काठमाडौं । भैंसेपाटीमा जारी प्रथम उपत्यका व्यापी बुदोकैदो फुलकन्ट्याक्ट कराँते प्रतियोगिताको फाइनल खेलहरु आज हुने भएको छन् । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ शुक्रबारबाट सुरु भएको उपत्यका व्यापी बुदोकैदो फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा आज फाइनलका खेल हुने भएका छन् ।

भैंसेपाटी बुदोकैदो शाखा र दिपकुञ्ज इङलिस स्कुलको सयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा उपत्यकाभरका एक सय ५० महिला पुरुष खेलाडीको सहभागिता रहेको प्रतियोगिताका सयोजक एवं भैंसेपाटी बुदोकैदो कराते शाखाका प्रमुख प्रशिक्षक प्रेम शाहले जानकारी दिए ।

प्रतियोगितामा उपत्यका ललितपुर भक्तपुर र काठमाडौं जिल्लाका महिला र पुरुषलाई खेलाडीलाई १० प्रतिस्पर्धामा प्रतिस्पर्धा गराइएको छ । प्रतियोगिताका विजेता एवं उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित सम्मानित गरिने आयोजकले जनाएको छ ।

साथै शुक्रबार देखि भैंसेपाटीको दिपकुञ्ज इङलिस स्कुलमा प्रेम शाहा प्रमुख प्रशिक्षक रहनेगरी बुदोकैदो फुलकन्ट्याक्ट कराँतेको शाखा स्थापना गरिएको बुदोकैदो करातेका वरिष्ठ उपाध्यक्ष एवं ब्ल्याक बेल्ट कमिटीका अध्यक्ष वीरकृष्ण महर्जनले बताए ।

प्रतिक्रिया