आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै
नेपालखोज
२०७८ चैत २६ गते ११:१८

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई ओटा खेल हुँदै छन्। आजको पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङस र सनराइजर्स हैदराबाद दिउँसो पौने चार बजे खेल्दै छन्।
खेल मुम्बईमा हुने छ । चेन्नईले अघिल्ला तीन खेलमा हार बेहोरेको छ । अंक जोड्न नसकेको चेन्नई आठौँ स्थानमा रहेको छ।त्यस्तै अघिल्ला दुई खेलमा पराजित हैदराबाद पुछारमा र अर्को खेलमा आज बेलुका पौने ८ बजे रोयल च्यालेञ्जर्स बेंगलोर र मुम्बई इन्डियन्स खेल्दै छन् । खेल पुणेमा हुने छ।
सम्बन्धित
प्रतिक्रिया